सुनसरी, असार २३
सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ ।
अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन
गरिएको छ । सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी
ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् । सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार
गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका
बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।
२३ असार २०८१, आईतबार ०७:५१ मा प्रकाशित