काठमाण्डौं, बैशाख ३०
कोलकत्ता नाइट राइर्डस आइपिएल २०२४ को हिजो राति भएको खेलमा विजयी भएको छ । बर्षाले १६ ओभरमा छोट्याइएको खेलमा कोलकत्ताले पहिले ब्याटिंग गर्दै ७ विकेट गुमाएर १५७ रन बनाएको थियो । दोस्रोे ओभरमै १० रन बनाउदा २ विकेट गुमाएको कोलकत्तालाई बैकटेस ऐयरले ४२, नितेश रानाले ३३ आन्द्रे रसलले २४ र रिंकुसिंहले २० रन बनाएर सम्मानजनक स्कोर सम्म पुगाएका थिए । आक्रमक ब्याटर सुनिल नरेन हिजो डक आउट भए ।
मुम्बइलाई जसप्रित बुमराह र पियुस चावलाले २,२ विकेट दिलााए । यस्तै नुवान तुसाहरा, र अन्सुल कम्बोजले पनि १,१ विकेट लिए । कप्तान हार्दिक पाण्ड्या ३ ओभरमा ३२ रन खर्चेर सबैभन्दा महंगो बलर सावित भए ।
१५८ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको मुम्बइले पावर प्लेमा ६५ रन जोडेर मजबुत शुरुवात गरे पनि लक्ष्य भेटाउन सकेन । मुम्बइले १६ ओभरमा ८ विकेट गुमाएर १३९ रन मात्र बनाएर १८ रनले खेल गुमायो । मुम्बइको लागि इशान किशनले ४०, रोहित शर्माले १९, तिलक बर्माले ३२ र नमन धिरले १७ रन बनाए । कप्तान हार्दिक पाण्ड्या ब्याटिंगमा पनि सफल भएनन् उनी मात्र २ रन बनाएर आउट भए ।
कोलकत्ताका हर्षत राना, बरुण चक्रवर्ती र आन्द्र रसलले २,२ विकेट लिए । यस्तै सुनिल नरेनले पनि १ विकेटको योगदान गरे ।
जितसंगै १८ अंक जोडेर कोलकत्ता तालिको शिर्ष स्थानमा कायम रहेको छ भने मुम्बइ नवौ स्थानमा छ ।
आइपिएलमा आज चेन्नइ र राजस्थानको विच खेल हुनेछ ।