काठमाडौँ , बैशाख १९
ओपनर
जोनसन चार्ल्सको शतकीय इनिङको मद्दतमा वेस्ट इन्डिज ‘ए’ ले जारी टि २० सिरिजको
तेस्रो खेलमा नेपाल सामू विशाल लक्ष्य पेश गरेको छ । टियु क्रिकेट मैदानमा टस
जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३
विकेट गुमाउँदै २२७ रन बनायो ।
चार्ल्सले अविजित रहँदै ६१ बलमा १३ चौका र ७
छक्का प्रहार गर्दै ११९ रन बनाए । १७ औ ओभरको पाचौँ बलमा एक रन
लिँदै उनले शतक पुरा गरेका थिए । दोस्रो विकेटका लागि उनले आन्द्रे फ्लेचरसँग
मिलेर १४५ रनको विशाल साझेदारी समेत गरेका थिए ।
चौथो ओभरको पहिलो बलमा नेपालले पहिलो सफलता
पाएको थियो । एक रन लिने क्रममा जोनसन चार्ल्सले नन-स्ट्राइकर एन्डमा फर्काइदिएपछि
अथान्जे १० बलमा १७ रन बनाएर रनआउट भए । तर त्यसपछि चार्ल्स र आन्द्रे फ्लेचर
मिलेर विशाल साझेदारी गरेसँगै वेस्ट इन्डिज विशाल योगफल तर्फ अग्रसर भएको थियो ।
सो साझेदारी १६औ ओभरमा सागर ढकालले फ्लेचरको
विकेट लिएर तोडेका थिए । फ्लेचर ३३ बलमा ४ चौका र ३ छक्का सहित ५३ रन बनाएर
दीपेन्द्र सिंह ऐरीद्वारा लङ-अनमा क्याच आउट भएका थिए ।
चौथो नम्बरमा क्रिजमा पुगेका फाबिएन एलेन ९
बलमा २ चौका र १ छक्का प्रहार गर्दै १९ रन बनाएर करण केसीको बलमा नै क्याच आउट भए
। किमो पल ७ बलमा १३ रन बनाएर नटआउट रहे ।
नेपालका
लागि करण केसी र सागर ढकालले एक–एक विकेट लिए । नेपालले ६ वटा बलरको प्रयोग गरेको
थियो । गुलशन झाले ४ ओभरमा २४ रन दिनुबाहेक अन्य बलर महँगो सावित हुन
पुगे । करणले ४ ओभरमा ५४ रन खर्चिए भने कमल सिंह ऐरीले ४ ओभरनै बलिङ गर्दै ५३ रन
दिए ।
यस्तै
सागर ढकालले ४ ओभरमा ४१ रन दिए । विवेक यादव र कुशल मल्लले समान दुई-दुई ओभरमा
क्रमस: २८ र २६ रन खर्चिए ।
सिरिज
हाल १-१ को बराबरीमा छ । नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको
थियो । कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालले पहिलो खेल जितेको थियो ।
दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित निकाल्यो ।
उक्त खेलमा पनि कप्तान रोहित बाहेक अन्य ब्याटर खास चल्न सकेनन् ।