काठमाडौं, जेठ २७
एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले आज लाओससँग खेल्दैछ ।
नेपाल र लाओसबीचको खेल साँझ नेपाली समय अनुसार पौने ६ बजे न्यु लाहो स्टेडियममा सुरु हुनेछ ।
घरेलु टोली लाओसविरुद्धको खेललाई सामान्य रुपमा नलिएको नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रोसले बताएकाछन् ।
लाओस घरेलु टोलि भएकोले कुनै गल्ती गर्न नहुने प्रशिक्षक रोसले मंगलबार बेलुका भएको प्रि कन्फ्रेन्समा बताएका हुन् । उनले घरेलु मैदानमा लाओसले केही फाइदा लिन सक्ने हुनाले पनि आफूहरु सचेत रहेको बताएका छन् । लाओस घरेलु मैदानमा कडा प्रतिस्पर्धीका रुपमा रहन सक्ने बताउँदै उनले भने, ‘मलाई लाग्छ । लाओस पूर्णरुपमा संगठित टोली हो । अत्यन्त आक्रमक रहेको लाओसविरुद्ध केही कमजोरी गर्दा टोली डरलाग्दो बन्न सक्छ,’ प्रशिक्षक रोसले भने, ‘त्यसैले पनि हामीले भोलीको खेललाई अत्यन्त गम्भीरतापूर्वक लिएका छौ । त्यसैले पनि दुवै टोली अंक बढाउन तयार अवस्थामा रहेकाछन् ।’
समूह एफमा रहेका नेपाल र लाहोस दुवैले छनोटको पहिलो खेलमा हार व्यहोरेका थिए । त्यसैले दुवै टोली अंक जोड्ने लक्ष्यमा हुनेछन् । नेपाल अहिलेसम्म लाहोस नहारेकोले यो खेल जित्दै छनोटमा अंक जोड्ने योजनामा छ ।
नेपालले लाहोससँग खेल्नुअघि हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । हङकङलाई गोलरहित बराबरीमा रोकेर नेपाली टोली लाहोस पुगेको हो ।