रोजगार शाखाले गर्याे वैदेशिक रोजगारबाट फर्केेर व्यवसाय गर्नेेलाइ प्रविधि हस्तान्तरण

Jhalkonepal

सुनसरी , असार २१ 

 व्यवसायमा  संलग्न भएका र हुन चाहनेहरूका लागी रेमी परियोजना रोजगार शाखा रामधुनीले प्रविधि उपकरण हस्तान्तरण गरेको छ । वैदेशिक रोजगारबाट फर्किएका र केही व्यवसाय गर्न चाहानेहरूलाइ रोजगार शाखा रामधुनीले प्रविधि उपकरण हस्तान्तरण गरेको हो । परियोजनाले  वैदेशिक रोजगारबाट फर्किएका आएका व्यक्तिहरूको पुनएकीरण रेमी परियोजना अन्तर्गत उद्यमशीलता कुखुरा पालन ,माछा पालन र बाख्रा पालन सम्बन्धी तालिम लिएकाहरू तथा  व्यवसाय सुरु गर्ने योजना बनाएकाहरू ११ जनालाई प्रविधि हस्तान्तरण गरिएको रोजगार शाखा  संयोजक खगेन्द्र सुब्बाले बताउनु भयो ।

 

रामधुनी नगरपालिकामा परियोजनाले वैदेशिक रोजगारका क्रममा मृत्यु भएकाहरूको परिवार तथा रोजगारबाट फर्केर ब्यावसाय गर्नेहरूलाई डीप फ्रिज , मोटर पानी टाङकी, घाँस काट्ने मेसिन , बेसार  पिस्ने मेसिन , कुखुराले चारो खाने सामान , माछा पोखरीमा पानी हाल्ने मेसिन लगायत २ लाख ७५ हजारको लागतमा  प्रविधि हस्तान्तरण गरेको हो । 

 

प्रतिक्रिया