काठमाडौँ, चैत २०
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले लखनउ सुपर
जायन्ट्सलाई आठ विकेटले हराएको छ ।
लखनउले दिएको १७२ रनको लक्ष्य
पछ्याएको पञ्जाबले १६ ओभर दुई बलमा दुई विकेट गुमाउँदै १७७ रन बनायो ।
पञ्जाबका प्रभसिमरन सिंहले
सर्वाधिक ६९ रन बनाए । कप्तान श्रेयस अय्यरले भने लगातार अर्धशतक पूरा गरे । उनले
अविजित ५२ रन बनाए ।
यसअघि उनले गुजरातसँगको खेलमा पनि
अविजित ९७ रन बनाएका थिए । लखनउका दिग्वेश राठीले दुई विकेट लिए । त्यसअघि
भारतरत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियम लखनउमा टस हारेर पहिला
ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।
लखनउका निकोलस पुरनले ४४ रन बनाए ।
पञ्जाबका अर्शदीप सिंहले सर्वाधिक तीन विकेट लिए । यो जीतसँगै पञ्जाब दुई खेलबाट
चार अङ्क बटुल्दै शीर्ष दुईमा उक्लिएको छ ।