‘नम्बरी सुन’ प्रदर्शनमा

Jhalkonepal


काठमाडाैं , साउन २५

आजदेखि चलचित्र ‘नम्बरी सुन’ प्रदर्शनमा आउँदैछ । सुवर्ण सिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रले ७० वर्षअघि गाउँघरमा सुनका गहना बनाउनेहरूको कथा समेटेको छ ।

निर्देशक राजु गिरीको निर्देशनमा बनेको यस चलचित्रमा प्रेम, संवेदना, र व्यङ्ग्यलाई समेटिएको छ । चलचित्रमा अभिनेता सरोज खनालले मुख्य भूमिका रहेको छ । सरोजले चलचित्रमा एक मुखियाको भूमिका निर्वाह गर्नुभएको छ, जसलाई उहाँले यसअघि गरेका चलचित्रहरू ‘पञ्चायत’ र ‘मोदीबेनी’मा निभाएका भूमिकाहरूभन्दा फरक रहेको बताउनुभएको छ ।

प्रतिक्रिया