इटहरीमा दुर्व्यसन विरुद्धमा आमाहरू अभियानको शुभारम्भ

Jhalkonepal
सुनसरी , जेठ ५ 

इटहरी उपमहानगरपालिकामा दुर्व्यसन विरुद्धमा आमाहरू अभियानको शुभारम्भ भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी तथा इटहरी उपमहानगरपालिकाको आयोजनामा अभियानको शुभारम्भ भएको हो । विश्वब्यापी समस्याका रूपमा रहेकाे    लागु औषध दुर्व्यसनको अवस्था काेशी प्रदेशमा पनि ठूलाे समस्याकाे रूपमा रहेकाले यसकाे राेकथामका लागि  प्रदेश प्रहरी कार्यालय विराटनगरले लागू औषध दुर्व्यसन विरुद्ध  आमाहरू कार्य योजना २०८० कार्यान्वयन ल्याएको प्रदेश प्रहरी कार्यलय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले बताउनुभयो ।

दुर्व्यसन विरुद्धको अभियानमा आमाहरूलाई अभियानताका रूपमा अघि सार्ने उद्देश्य सहित यो अभियानको थालनी गरेको छ । इटहरी उपमहानगरपालिका भित्रका २० वटै वडामा एकै साथ बृहत् शुभारम्भ कार्यक्रमको आयोजना गरी यो अभियानको औपचारीकरुपमा उद्घाटन गरिएको हो ।


शुभारम्भमा इटहरी उपमाहानगरपालिकाका मेयर हेम कर्ण पौडेलले लागु औषधको मुद्धालाइ नगरले प्राथमिकतामा राख्ने र यसको विरुद्धमा छोराछोरीको निगरानीमा आमाको भूमिका प्रभावकारी भएकाले सबै आमाहरूलाई यो बाटोमा छोराछोरी लागे नलागेको अवस्थाका बारेमा चनाखो बनाउन उपमहानगरले कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।
उहाँले अबका केही समयमा इटरीलाई दुर्व्यसन मुक्त बनाउन सबै समक्ष सहयोगको अपिल समेत गर्नुभएको छ । कार्यक्रममा लागु औषध दुर्व्यसन विरुद्धको अभियानका मुख्य संरक्षक सुनसरीका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्यको अध्यक्षतामा इटहरी उपमहानगरपालिकाका मेयर हेम कर्ण पौडेल  प्रमुख अतिथि , उप प्रमुख संगिता चौधरी , सुनसरीका सुरक्षा निकायका प्रमुखहरू, तथा  इटहरीका २० वटै वडाका अध्यक्षहरू, जिल्लामा सञ्चालित दुर्व्यसन विरुद्धको अभियान फ्यानका पालिकाका फोकल पर्सन , प्रहरी अधिकृतहरू,फ्यान जिल्ला कार्य सम्पादन सिमतीका पदािधकारीहरू ,   पत्रकार, विभिन्न सामाजिक संघसस्थाका प्रतिनिधि , नागरिक समाज , महिला सञ्जाल ,अभियन्ता , शिक्षक सङ्घठन , बिद्यार्थी ,बाल क्लब, लगायत गरी ५ सय बढीको  उपस्थितिमा शुभारम्भ सम्पन्न भएको छ ।  

प्रतिक्रिया