एनपिएलको खेल तालिका सार्वजनिक ,उदघाटन खेल विराटनगर किङ्गस र जनकपुर बोल्ट विच हुने

Jhalkonepal

काठमाडौँ , मंशिर ३

नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिग (एनपिएल)को खेल तालिका सार्वजनिक गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले यही मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने एनपिएलको खेल तालिका आज साँझ सार्वजनिक गरेको हो ।
एनपिएलको उदघाटन खेलमा विराटनगर किङ्गस र जनकपुर बोल्टबीच दिउँसो सवा १२ बजे प्रतिस्पर्धा हुनेछ।
डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली क्वालिफायरमा पुग्नेछन्।
पहिलो क्वालिफायरमा पुग्ने दुवै टोलीबीच सीधै फाइनल प्रवेशका लागि पुस ३ गते प्रतिस्पर्धा गर्नेछन्। खेलको विजेता टोलीले सीधै फाइनलमा स्थान बनाउँदा पराजित टोलीले अंक तालिकाको तेस्रो र चौथौ स्थानमा रहने टोलीबीच हुने एलिमिनेटर खेलको विजेतासँग खेल्नुपर्नेछ। अंक तालिकाको तेस्रो र चौथो स्थानमा रहने टोलीले पुस ३ गते नै एलिमिनेटर खेल्नेछन्। एलिमिनेटरको विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित टोलीसँग खेल्नुपर्नेछ ।
फाइनल खेल आगामी पुस ६ गते शनिवार हुनेछ।


प्रतिक्रिया