सुभेष सिनाल, मंसिर ३
भारतलाई ६ विकेटले हराउदै अस्ट्रेलियाले विश्वकप क्रिकेटको २०२३ को उपाधि चुमेको छ । भारतले दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ औं ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । शुरुवातमै ३ विकेट गुमाए पनि चौथो विकेटको लागि सतकिय साझेदारी गर्दै टोलीलाई विश्वविजेता बनाएर । अस्ट्रेलियाका ओपनर, ट्रेभिस हेडले १३७ रन बनाए । टे«ेभिसलाई पाचौं नम्बरमा ब्याटिंग गर्न आएका मार्नस लागुसनले पनि अर्धसतक बनाउदै साथ दिए । लगुसनले नटआउट ५८ रन बनाए । यसअघि ओपनर डेभिड वार्नर मात्र ७ रन बनाएर आउट भए भने मिचेल मार्सले १५ रन बनाएका थिए । अस्ट्रेलियाको लागि विनिंग सट चाँही ग्लेन मेक्सवैलले खेले । मेक्सवैलले १ बलको सामना गरि २ रन बनाए ।
भारतका बलर जसप्रित बुमराहले २ विकेट लिए भने मोहम्मद सामी र मोहम्मद सिराजले १ विकेट लिए ।
यसअघि भारतले टस हारेर पहिले ब्याटिंग गर्दै अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको थियो । प्रतियोगिता भर उत्कृष्ट लयमा रहेको भारत आज भने शुरुवात देखि नै लडखडायो । भारतका लागि सबै भन्दा वढि विकेटकिपर ब्याटर के एल राहुलले ६६ रन बनाए । यस अघि भारतिय ओपनर शुभमन गिल मात्र ४ रन बनाएर आउट भए । त्यसपछि कप्तान रोहित शर्मा ४७ रन बनाएर खराब सट खेलेर आउट भए । विराट कोहलीले ५४ रन बनाएर भारतिय समर्थकको आशालाई केही बेर जिवित राखे पनि भित्रि किनारा लागेर उनी पनि आउट भए । सातौं नम्बरमा ब्याटिंग गर्न आएका सुर्यकुमार यादवले १८ रन बनाएर आउट भए । भारतका ७ ब्याटरले दोहरो अंकमा रन बनाउन सकेनन । भारतले अन्तिम बलमा अल आउट हुदै २४० रन मात्र बनाउन सक्यो ।
अस्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिए । यस्तै कप्तान पेट कमिन्स र हेजलवुडले २,२ विकेट लिए भने एडम जैम्पा, र ग्लेन मेक्सवैलले १,१ विकेटको योगदान गरे ।