चौथो टेष्टमा दोस्रो दिन लड्खडायो भारतको पारी

Jhalkonepal

सुभेष सिनाल, सावन ८

इंग्लैण्ड भ्रमणमा रहेको भारतले चौथो टेष्टको दोस्रो दिन खराब प्रदर्शन गरेको छ । ४ विकेट गुमाउर २६४ रनबाट दोस्रो दिनको खेल शुरुवात गरेको भारत थप ९४ रन जोड्दा अल आउट भयो ।  टिमको स्कोरमा मात्र दुई रन जोड्दा रबिन्द्र जडेजा आर्चरको बलमा क्याच आउट भए । त्यसपछि लगातार विकेट झर्ने क्रम जारि रह्यो । सार्दुल ठाकुर ४१ र बासिंगटन सुन्दरले २७ रन बनाउन बाहेक अन्य व्याटर चलेनन् । हिजो चोटग्रस्त भएर रिटायर्ड हर्ट भएका रिसब पन्त आज खेल्न आए तर आफ्नो अर्धसतक बनाएपछि उनी पनि ५४ रनमा आउट भए ।  अंशुल कम्बोज शुन्यमा आउट हुदाँ जसप्रित बुमराहले ४ र मोहम्मदर सिराजले ५ रन मात्र बनाए । पहिलो पारीमा भारतले ३० रन अतिरिक्त रनको रुपमा पाए पछि ३५८ रनको स्कोरमा सबै विकेट गुमायो  । 

इंग्लैण्डका लागि बेन स्टोक्सले ५ विकेट लिए भने जोफ्रा आर्चरले ३ विकेट लिए  । यस्तै क्रिस बोक्स र लियाम डोसनले १,१ विकेट लिए ।   


यो समाचार तयार पार्दा सम्म इंग्लैण्डले पहिलो पारीमा ४५ रन बनाइसकेको छ । 


प्रतिक्रिया