स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन

Jhalkonepal

काठमाडौँ : नेपाल सरकारले सनातन वैदिक दर्शन, संस्कृत शिक्षा तथा समाज सुधारका क्षेत्रमा विशेष योगदान पुर्‍याएका स्वामी परमानन्द सरस्वती महाराजको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन गरेको छ ।

हुलाक सेवा विभागले हुलाक टिकट प्रकाशन निर्देशिका, २०७० अनुसार विस्तृत अध्ययन, छलफल र मूल्याङ्कनपछि उक्त टिकट प्रकाशनका लागि सिफारिस गरेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि मन्त्रिस्तरीय निर्णयका आधारमा टिकट छपाइ तथा प्रकाशन गरिएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया पङ्गेनी भट्टराईले जानकारी दिए ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–६, पौवाडाँडामा १८ असोज १९९४ विसंमा जन्मिएका स्वामी परमानन्द सरस्वतीले सानै उमेरदेखि सन्यास मार्ग अँगाल्दै जीवनभर वैदिक धर्म, संस्कृत शिक्षा र समाजसेवामा आफूलाई समर्पित गरे । उनले देशका विभिन्न जिल्लामा ३९ गुरुकुल, वेदविद्याश्रम, मन्दिर तथा आश्रमहरूको स्थापना गरी निःशुल्क शिक्षा, आवास र भोजनको व्यवस्था गर्दै सयौँ विद्यार्थीलाई संस्कृत तथा वैदिक शिक्षामा दीक्षित गराएको संस्कृत भाषाविद् तथा कालिका संस्कृत विद्यापीठका पूर्वप्राचार्य डा रामचन्द्र कँडेलले जानकारी गराए । 

प्रतिक्रिया