बंगलादेशलाई १७० रनको लक्ष्य

Jhalkonepal

सुभेष सिनाल

काठमाण्डौं, माघ १७

अण्डर १९ विश्वकप क्रिकेटको सुपर सिक्स अन्तरगतको खेलमा नेपालले बंगलादेशलाई १७० रनको लक्ष्य प्रस्तुत गरेको छ। लगातार विकेट गुमाएर संकटमा परेको नेपालले ५० औ ओभेरको पाचौ बलमा अन्तिम विकेट गुमाउदा १६९ रनको सामान्य लक्ष्य खडा गरेको छ । 


नेपालका लागि विशाल विक्रम केसीले सर्वाधिक ४८ रन बनाए। त्यस्तै कप्तान देव खनालले ३५ र अर्जुन कुमालले १४ रन बनाउँदा विपिन रावलले २, आकाश त्रिपाठीले ३, गुल्शन झाले ३, दीपक बोहोराले ३, दुर्गेश गुप्ता ९ र आकाश चन्द शून्य रनमै पेभेलियन फर्किएका थिए। सुवास भण्डारी भने १८ रनमा अविजित रहे।

बंगलादेशका रोहन दुल्लाहले ४ विकेट लिए भने । शेख पैभेजले ३ विकेट लिएर नेपाललाई दवावमा राखेका थिए । 

प्रतिक्रिया