काठमाण्डौं, बैशाख १५
आइपिएल २०२४ मा किंग्स इलेबन पन्जाबले ऐतिहासिक जित हासिल गरेको छ । सबैभन्दा वढि लक्ष्य पुरा गर्ने रेकर्ड राख्दै पन्जाबले कोलकत्तालाई ८ विकेटले पराजित गरेको हो । कोलकत्तामा हिजो राति भएको खेलमा टस जितेर पन्जाबले पहिला कोलकत्तालाई ब्याटिंगको निम्तो दिएको थियो । कोलकत्ताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २६१ रनको विशाल लक्ष्य खडा गरेको थियो । कोलकत्ताका सुनिल नारायणले ३२ बलमा ७१ रन र फिल सल्टले ३७ बलमा ७५ रन बनाएर आक्रमक शुरुवात गरेका थिए । दुबै ओपनर आउट भएपछि आक्रमणलाई जारि राख्दै बैकटस ऐयरले २३ बलमा ३९ र आन्द्रे रसलले १२ बलमा २४ रन बनाए । यस्तै कप्तान श्रेयस ऐयरले १० बलमा २८ रन जोडे ।
पन्जाबका अर्षदिपले २ विकेट लिए भने सेम करन, हर्सल पटेल र राहुल चहरले १,१ विकेट लिएका थिए ।
२६२ रनको असम्भव जस्तो देखिने लक्ष्यलाई पन्जाबलाई ८ बल बाकि छदै सहजै रुपमा पुरा गर्यो । यसको लागि पन्जाबले आफ्ना २ विकेट मात्र गुमायो । पन्जाबका जोनि बारिस्टोले ४८ बलमा नटआउट १०८ रनको सतकिय पारी खेल्दै पन्जाबलाई जितको नजिक पुगाए । बारिस्टोलाई सशांक सिंहले पनि २० बलमा ६८ रन जोडेर साथ दिए । यस्तै अर्को ओपनर पर्भसिमरन सिंहले २० बलमा ५४ रनको आक्रमक पारी खेलेका थिए ।
कोलकत्ताको लागि १ मात्र विकेट सुनिल नारायणले लिएका थिए उनले ४ ओभरमा मात्र २४ रन खर्चे पनि अन्य बलरहरुले रन रोक्न सकेनन् ।
टि२० इतिहासमा पन्जाबले पुरा गरेको २६१ रनको लक्ष्य अहिले सम्मकै सबैभन्दा ठुलो लक्ष्य हो । जितसंग पन्जाबले २ अंक जोडेका छ । अंक तालिकाको आठौ नम्बरमा रहेको पन्जाबको कुल ६ अंक रहेको छ । हारका बाबजुद पनि कोलकत्ता १० अंकका साथ दोस्रो स्थानमा कायम रहेको छ ।