काठमाडौं, साउन ५
बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको अन्तिम एवं नि्र्णायक खेलमा नेपालले आज साविक विजेता बंगलादेशसँग खेल्दै छ ।
खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ । यस खेलपछि साफ यू-२० को यस संस्करणको विजेताको टुंगो लाग्नेछ ।
हालको अवस्थामा बंगलादेश सहज अवस्थामा छ भने नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । बंगलादेशले बराबरी मात्र खेलेपनि उपाधिका लागि पर्याप्त हुनेछ भने नेपाललाई जितको विकल्प हुने छैन ।
नेपालले यसअघि बंगलादेशसँगको पहिलो खेलमा ३-२ गोलअन्तरको हार बेहोरेको थियो । त्यसकारण बंगलादेश अपराजित रहँदै उपाधि जित्न दाबेदारको रूपमा छ ।
५ साउन २०८२, सोमबार ०८:०५ मा प्रकाशित