काठमाडाैं , असाेज १२
सप्तकोसी नदीमा
पानीको बहाव अत्यधिक भएपछि ब्यारेज पुलमा सवारी साधन आवत जावतमा रोक लगाइएको छ
।कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, सप्तरी र सुनसरीका प्रशासन र कोसी
योजनाका भारतीय प्राविधिकहरूको छलफलपछि ब्यारेज पुलमा जोखिम बढेको भन्दै आवत जावतमा
रोक लगाउने निर्णय भएको हो ।
कोसी ब्यारेज पुलमा
शनिवार दिउसो चार बजे देखी अर्को सूचना जारी नभएसम्म सवारी आवतजावतमा रोक लगाइएको सुनसरी
प्ररीले जनाएको छ । सप्तकोसी ब्यारेज भएर
पानीको बहाव अत्यधिक भएपछि ब्यारेजको पुल माथिबाट बाढी बग्न सुरु भएको छ । ब्यारेजको ३८,
३९ र ४० नम्बर ढोका नजिक पुलमाथिबाट
पानी बग्न थालेको हो । कोसी ब्यारेजमा पछिल्लो जानकारी अनुसार ५ लाख ५७ हजार ३ सय क्युसेक पानीको बहाव छ ।
११ असोज २०८१, शनिवार ०५:४९ मा प्रकाशित