काठमाडौं, असार ७
कश्मिरको मुस्लिम बाहुल्यता भएको क्षेत्रमा हजारौँ व्यक्तिको सहभागितामा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले
शुक्रबार भारत प्रशासित कश्मिरको राजधानी श्रीनगरमा आयोजना गरिएको योग दिवसमा
सहभागिता जनाउनुभएको छ । यो दिनले १०औँ अन्तर्राष्ट्रिय योग दिवसलाई चिह्नित गरेको
छ ।
योग आँफैमा धार्मिक अभ्यास नभए पनि
यसको उत्पत्ति हिन्दू दर्शनबाट भएको विश्वास रहेको छ र भगवान शिव पहिलो योगी
मानिनुहुन्छ । कश्मिरका धेरै बासिन्दाहरू यो अनुशासनसँग अनजान छन् । यस कार्यक्रमका
लागि कश्मिरभरिका हजारौँ सरकारी कर्मचारी, शिक्षक र विद्यार्थीहरूको उपस्थिति
रहेको थियो । योग दिवसको सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै
प्रधानमन्त्री मोदीले भन्नुभयो, “योगले शक्ति, र स्वास्थ्यलाई बढावा दिन्छ, हामि सवैले योगलाई ‘आफ्नो दैनिक
जीवनको हिस्सा’ बनाउनुपर्छ ।
एक दशकअघि जुन २१
लाई अन्तर्राष्ट्रिय योग दिवस घोषणा गरिएको थियो र त्यसपछि मोदीले भारतका
प्रतीकात्मक स्थानहरूमा योग कार्यक्रमको नेतृत्व गर्दै आउनुभएको छ ।