सुभेष सिनाल, सावन १०
इंग्लैण्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टोली माथी चौटो टेष्टमा हारको खतरा भउको छ । खेलको तेस्रो दिन पहिलो पारीमा इंग्लैण्डले ७ विकेट गुमाएर ५४४ रन बनाएको छ । इंग्लैण्डले तेस्रो दिनको खेल समाप्त हुदाँ सम्म पहिलो पारीमा १८६ रनको अग्रता लिएको छ । इंग्लैण्डका ३ विकेट अझै बाँकी रहेको अवस्थामा चौथो दिन भारत रक्षात्मक भएर ड्रको लागि खेल्नु पर्ने अवस्थामा पुगेको छ ।
भारतले पहिलो पारीमा ३५८ रन बनाएको थियो । जसको जवाफमा इंग्लैण्डका ब्याटरहरुले दोस्रो दिन आक्रमक व्याटिंग गर्दै टिमको स्कोेरलाई २२५ मा पुगाएका थिए । तेस्रो दिन इंग्लैण्डले ३ विकेट मात्र गुमाएर पुरै दिन खेलेर खेलमा पकड बनाएको छ । जोय रुटले १५० रन बनाएर टिमलाई बलियो अवस्थामा पुगाएका हुन । यस्तै बेन स्टक ७७ रन बनाएर अझै खेलिहेका छन ।
भारतका रविन्द्र जडेजा र बासिंग्टन सुन्दरले २,२ विकेट लिदा, अंशुल कम्बोज, जसप्रित बुमराह र मोहम्मद सिराजले १, १ विकेट लिएका छन ।
चौथो दिनको खेल शनिवार नेपाली समय अनुसार दिउँसो ३ः४५ मा शुरु हुनेछ ।