काठमाण्डाैं , चैत्र २
पेट्रोलियम पदार्थको मूल्य घटेको छ । भारतीय आयल कर्पोरेशनवाट पेट्रोल र डिजेलको मूल्य घटेर आएपछि नेपाल आयल निगमले पेट्रोल र डिजेलकाे मूल्य घटाएकाे हाे ।
भारतीय आयल कर्पोरेशनले
प्रतिलिटर क्रमशः १.२२ रुपैयाँ र २.०६ रुपैयाँ घटाएर पठाएसँगै निगम सञ्चालक समितिको
निर्णय अनुसार शुक्रबार राति १२ बजे देखि लागू हुने गरी साविकको खुद्रा
बिक्री मूल्यमा पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर २
रुपैयाँ घटाएको हो ।
१ चैत २०८०, शुक्रबार ०९:३३ मा प्रकाशित