टि२० विश्वकपमा पाकिस्तानको कप्तानी बाबर आजमले गर्ने

Jhalkonepal

एजेन्सी । अमेरिका र वेष्टइण्डिजमा २०२४ को जुलाई महिनामा  टि २० विश्वकप क्रिकेटको लागि पाकिस्तान क्रिकेट बोर्डले बाबर आजमलाई नै कप्तान बनाउने निर्णय गरेको छ ।

   एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानको खराव प्रदर्शन पछि बाबरले कप्तानी त्यागेका थिए । बाबरको कप्तानीमा एक दिवसीय विश्वकपमा ४ खेलमा जित र ५ खेलमा पराजय भोगेको थियो ।  त्यसलगत्तै भारतबाट पाकिस्तान फर्किएपछि उनले तीन वटै फम्र्याटको कप्तानीबाट राजीनामा दिएका थिए । तर, पाकिस्तान क्रिकेट बोर्डले अहिले उनलाई टी–२० र एक दिवसीय क्रिकेटको कप्तान बनाउने निर्णय गरेको हो ।

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नक्वीसँगको भेटपछि बाबर अहिले टेष्ट बाहेकको दुइ फर्मेटको कप्तान बन्न राजी भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् । बाबरले पहिला राजीनामा दिएपछि शान मसुदलाई टेस्ट तथा शाहिन साह अफ्रिदीलाई टी २० को कप्तान बनाएको थियो । अब बाबरले एक दिवसीय र टी २० कप्तानी गर्ने छन् ।

बाबरको कप्तानीमा सन् २०२२ मा पाकिस्तान आइसीसी वरियताको शीर्ष स्थानमा पुगेको थियो । त्यतिबेला एक दिवसीय र टी २० दुवै वरियतामा पहिलो स्थानमा रहेको थियो । तर, त्यसपछि लगातार खराब फर्मबाट गुज्रीएपछि कप्तान परिवर्तन गर्दा पनि अवस्थामा सुधार नभएपछि पाकिस्तान क्रिकेट बोर्ड फेरि बाबरलाई नै कप्तान बनाउने अवस्थामा पुगेको हो । 

प्रतिक्रिया