विराटनगर,असोज २९
विराटनगरमा २५ वर्षीय युवतीमाथि सामूहिक बलात्कार भएको छ । घटनामा संलग्न रहेको आरोपमा तीन जना यातायात मजदुरलाई प्रहरीले पक्राउ गरेको छ । पीडितले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालकलाई पक्राउ गरेको हो । तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन् ।
पक्राउ पर्नेमा १६ बर्से बालक अर्को ट्रकमा काम गर्ने सहचालक रहेको प्रहरीले जनाएको छ । विराटनगर महानगरपालिका–३ मा राति युवतीले गुहार माग्ेपछि स्थानियले देखेर प्रहरीलाइ खबर गरेका थिए । ततकाल घटनामा संलग्नलाइ पक्राउ गरीएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले बताउनुभयो । घटनामा संलग्नहरू आइतबार राति ट्रक पार्किङ गरेर खाना खान विराटनगर बसपार्कस्थित होटेलमा पुगेका थिए । खाना खाएपछि सिटी सफारी चढेर ट्रक राखेको ठाउँमा उनीहरू फर्किएर आए । फर्किने क्रममा सफारीमै यात्रा गरिरहेकी युवतीलाई ललाइफकाइ ट्रक पार्किङ गरेको स्थानमा पुर्याएर सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र आज उनीहरुमाथि म्याद थप गरीएको डिएसपी दाहालले दिनुभयो ।
२८ असोज २०८०, सोमबार ०७:४५ मा प्रकाशित