बंगलादेशलाई हराउदै दक्षिण अफ्रिका सुपर ८ मा पुग्ने निश्चित

Jhalkonepal

सुभेष सिनाल

काठमाण्डौं, जेठ २९

आइसीसी टि२० विश्वकप २०२४ को बंगलादेशलाई पराजित गर्दै दक्षिण अफ्रिका सुपर ८ मा पुग्ने पक्का भएको छ । समुह डीमा ३ खेल खेलेको दक्षिण अफ्रिकाले स्पष्ट ३ जित निकाल्दै ६ अंक जोडेको छ । दक्षिण अफ्रिकाले आफ्नो अन्तिम खेल नेपालसंग खेल्नेछ । समुह डीका अन्य देशहरुले बाकी रहेका खेल सबै जितेमा उनीहरुको अंक ६ भन्दा वढि पुग्न नसक्ने भएकोले दक्षिण अफ्रिका सुपर ८ मा पुग्ने निश्चित भएको हो । 

हिजो भएको खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो । टिमले २३ रन बनाउदा ४ विकेट गुमाएसकेको दक्षिण अफ्रिकालार्य हेन्रिच क्लिनसनले ४६ र डेभिड मिलरले २९ रन बनाएर सय रन पारीको अवस्थामा पुगाएका थिए । यी दुई बाहेक ओपनर क्निटन डि ककले १८ रन जोडेका थिए ।  बंगलादेशका तमिम हसन सकिबले ३ विकेट लिए भने तक्सिन अहमदले २ र रिसाद हुसैनले १ विकेट लिए । 

११४ रनको लक्ष्य पछ्याउन मैदानमा आएको बंगलादेशले२० ओभरमा ७ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । बंगलादेशका टोडी ह्दयले ३७ रन, मोहमदुल्लाहले २० र नजमुल हुसैनले १४ रन बनाउनु बाहेक अन्य ब्याटरले रन बनाउन सकेनन् । दक्षिण अफ्रिकाका केशब महाराजले ३ विकेट लिए भने कसिगो रबाडा र एन्रिच नोर्टजेले २,२ विकेट लिए । 

विश्वकपमा आज पाकिस्तान र क्यानडाको विच खेल हुनेछ । 


प्रतिक्रिया