काठमाण्डाैं , बैशाख १
ओमानमा जारी एसिसि मेंन्स
प्रिमियर कपमा युएईले लगातार दोस्रो जित दर्ता गरेको छ । हिजो भएको खेलमा कुवेत
माथि जित दर्ता गरेको युएईले आज बहराइन माथि ३७ रनको जित दर्ता गरेको हो ।
युएईले दिएको २३७ रनको विशाल लक्ष्य पछ्याएको बहराइनले निर्धारित
२० ओभरमा ८ विकेट गुमाउँदै १९९ रन मात्र बनाउन सक्यो ।
बहराइनका लागि इमरान अनवरले २२ बलमा २ चौका र ७ छक्का सहित ६० रन
बनाए भने इमरान अलीले ३० बलमा ३५ रन जोडे । यस्तै जुनेड अजीजलिए १८ बलमा २४ रन
बनाउँदा उमेर तुरले १७ रन बनाए । रिजवान बटले पनि १७ रन जोडे ।
युएईका लागि आयन खानले ३ तथा मुहम्मद फरूकले २ विकेट लिए । जुनेद
सिद्दिकी र आकिफ राजाले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६
विकेट गुमाउँदै २३६ रनको विशाल योगफल खडा गरेको हो ।
युएईका लागि आलिशान शराफूले ४१ बलमा १० चौका र ५ छक्का प्रहार
गर्दै ७८ रन बनाए । यस्तै आशिफ खानले २७ बलमा १ चौका र ८ छक्का सहित ६६ रन जोडे ।
कप्तान मुहम्मद वासिमले ४० बलमा ६५ रन बनाए ।
आज प्रतियोगिता अन्तर्गत समूह ए मा नेपाल र कतार तथा साउदी अरेबिया
र मलेसिया पनि भिड्नेछन् ।