लुक्ला,कार्तिक २६
तेन्जिङ हिल्लारी विमानस्थल लुक्ला
सोलुखुम्बुमा आज १४० वटा हवाइ उडान भएको छ । हेलिकप्टर र जहाज गरी १४० वटा
उडान भएको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ । आज बिहानदेखि दिनभर
हेलिकप्टरले १०० उडान तथा जहाजले ४० वटा उडान भरेको प्राधिकरणले जनाएको छ।
हवाइ सेवाबाट ४८० जना विदेशी र १२० जना
नेपाली गरी कुल ६ सय जना पर्यटक लुक्ला भित्रिएको विमानस्थलले जनाएको छ । त्यस्तै
हेलीकप्टर मार्फत ४ सय भित्रिएका छन । आज सगरमाथा क्षेत्रमा १ हजार जना
विदेशी तथा स्वदेशी पर्यटक भित्रिएका छन् ।
२५ कार्तिक २०८१, सोमबार ०५:२४ मा प्रकाशित