कमला ह्यारिसले गरिन उमेदवारीको आधिकारिक घोषणा

Jhalkonepal

काठमाण्डाैं, साउन १२

 अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका निम्ति आफ्नो उमेदवारीको आधिकारिक घोषणा गरेकी छन् ।

कमलाले आफ्नो पोस्टमा भनेकी छन्, आज मैले संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका निम्ति आधिकारिक रूपमा मेरो उमेदवारी घोषणा गर्ने फारामहरूमा हस्ताक्षर गरेको छु । म हरेक मत कमाउन कडा मिहिनेत गर्नेछु र नोभेम्बरमा हाम्रो जित हुनेछ,”

 

५ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावमा डेमोर्क्याटिक पार्टीले आफ्नो उमेदवारका रूपमा उपराष्ट्रपति कमलालाई समर्थन गर्ने जनाएको छ ।

यस अघि, शुक्रबार पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी राष्ट्रपति पदका निम्ति कमलालाई सार्वजनिक रूपमा समर्थन गरेका थिए । ओबामाले आफू र अमेरिकाकी पूर्वप्रथम महिला मिशेल ओबामाले नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा कमलाको जित निश्चित गर्न सक्दो सहयोग गर्ने बताए ।


यस हप्ताको सुरुमा ओभल अफिसबाट राष्ट्रलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले कमला ह्यारिसलाई ‘महान् उपराष्ट्रपति’ भनेका थिए । “उहाँ अनुभवी हुनुहुन्छ र राष्ट्रपति पदका लागि सक्षम हुनुहुन्छ,” बाइडेनले भनेका थिए ।

ह्वाइट हाउसका प्रेससचिव करिन जिन पियरेले डेमोर्क्याटिक पार्टीबाट राष्ट्रपति उमेदवारका निम्ति कमलाभन्दा योग्य अरू नभएको बताएका थिए ।

प्रतिक्रिया