संखुवासभाको ज्यामिरेमा खुकुरी प्रहारबाट १ जनाको मृत्यु

Jhalkonepal

संखुवासभा, चैत ४

संखुवासभाको सभापोखरी गाउँपालिका- २ ज्यामिरेमा खुकुरी प्राहरबाट १ जनाको मृत्यु भएको छ । गत शुक्रबार बेलुका विक्रम राईको घरमा धामी राखेको ठाउँमा गएका स्थानीय २९ बर्षीय रविन चाम्लिङ राई र २६ बर्षीय सहन्शिल राई बिच आपसि विवाद हुँदा सहन्शिल राईले रविन चाम्लिङ राईलाई धारीलो हतियार खुकुरी शरिरको बिभिन्न भागमा प्रहार गरि घाईते बनाई फरार भएका थिए । घाईते रविन चाम्लिङ राईको जिल्ला अस्पताल संखुवासभामा उपचार पश्चात थप उपचारको लागि धरान घोपा पठाईएकोमा उपचारको क्रममा  बिहान साढे ७ बजे मृत्यु भएको हो । । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट अन्य थप अनुसन्धान भईरहेको जनाइएको छ ।

 

प्रतिक्रिया