काठमाण्डौ,भाद्र 20
एन्फा महिला लिग फुटबलमा आजदेखि दोस्रो चरणका खेलहरु शुरू हुँदैछन् । आज दुईवटा खेल हुँदैछ । पहिलो खेलमा बाग्मती युथ क्लब र कोशी प्रदेश खेल्दैछन् । यो खेल एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा दिउँसो साढे १२ बजे शुरू हुनेछ ।
यस्तै आजको दोस्रो खेलमा स्याङ्जाको वालिङ नगरपालिका र कर्णाली प्रदेश खेल्दैछन् । यो खेल दिउँसो सवा ४ बजे एन्फा कम्प्लेक्समै शुरू हुनेछ ।
१९ भदौ २०८१, बिहिबार ११:२६ मा प्रकाशित