त्रिकोणात्मक टी–२०: संघर्ष पूर्ण जित निकाल्न सफल नेपाल

Jhalkonepal

काठमाण्डौं, असार ३

नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलामा पहिलो जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्नेक्रममा नेपालले मंगलबार घरेलु टिम स्कटल्याण्डलाई एक बल  बाकिहुदा दुई विकेटले हरायो ।   

नेपालका लागि कुशल भुर्तेलले ३०, दीपेन्द्र सिंह ऐरीले १४, बसिर अहमदले १३ तथा किरण ठगुन्नाले १० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । 

स्कटल्याण्डका लागि सफयान शरीफ र माइकल लिस्कले सर्वाधिक दुई/दुई विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको स्कटल्याण्ड १९.३ ओभरमा ९७ रनमा अलआउट भयो ।  

उसका लागि माइकल लिस्कले ४६ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ४६ रन बनाए । यस्तै, कप्तान म्याथ्यू क्रसले १५ तथा ब्रान्डन म्याकमुलेनले १० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

स्कटल्याण्डलाई कम स्कोरमा रोक्न नेपाली टिमका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले घातक बलिङ गरे । उनले ४ ओभरमा एक मेडनसहित ११ रन मात्र दिएर सर्वाधिक चार विकेट लिए । 

सन्दीपले सोमबार नेदरल्याण्ड्सविरुद्ध पनि उत्कृष्ट बलिङ गरेका थिए । उक्त खेलमा उनले ४ ओभरमा १८ रन दिएर सर्वाधिक तीन विकेट लिए । 

यस्तै, मंगलबार स्कटल्याण्डविरुद्ध करण केसी र दीपेन्द्र सिंह ऐरीले दुई/दुई तथा ललितनारायण राजवंशीले एक विकेट हात पारे । नेपालले अब बिहीबार नेदरल्याण्ड्सको सामना गर्नेछ । 

प्रतिक्रिया