चौथो खेल जित्दै मुम्बई इन्डियन्स तेस्रो स्थानमा

Jhalkonepal

काठमाडौं, वैशाख ११

इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले सन राइजर्स हैदरावादलाई सात विकेटले हराएको छ । यो संगै लगातार चौथो जित हात पारेको मुम्बई इन्डियन्स अङ्क तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।

हैदरावादले दिएको १४४ रनको लक्ष्य मुम्बईले २६ बल बाँकी रहँदा तीन विकेटको क्षतिमा १४६ रन जोड्दै पूरा गरेको हो ।

मुम्बईको जितमा रोहित शर्माले ७० रन जोडे । ४६ बलको सामना गरेका उनले आठ चौका र तीन छक्का प्रहार गरे । सूर्यकुमार यादवले १९ बलमा अविजित ४० रनको योगदान गरे । उनले पाँच चौका र दुई छक्का हिर्काए ।

प्रतिक्रिया