एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दै

Jhalkonepal

 काठमायडौं , भदौ १६ 

 एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै छन । एसिया कप २०२३ अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल आज दिउँसो सवा तीन बजे हुँदैछ।  श्रीलंकाको पल्लेकेलेमा हुने खेलमा पाकिस्तान र भारत एकदिवसीय खेलमा चार वर्षपछि प्रतिस्पर्धा गर्न लागेका हुन्। सन् २०१९ को एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान आमनेसामने भएको पछिल्लो एकदिवसीय खेल हो। सो खेलमा भारत डिएल मेडथमा ८९ रनले विजयी भएको थियो। त्यसपछि भारत र पाकिस्तान टी २० खेलमा मात्र प्रतिस्पर्धा गरेका थिए।

 भारत र पाकिस्तानबीचको खेलमा सधैं चर्चा हुने गरेको छ। एसिया कपको आयोजक पाकिस्तान भए पनि भारत नजाने भएपछि श्रीलङ्कामा खेल हुन लागेको हो । भारत र पाकिस्तानको क्रिकेट खेललाई दुवै देशले ठूलो प्रतिष्ठाको विषय बनाउँदै आएका छन् । एसिया कपको आफ्नो पहिलो खेलमा पाकिस्तानले नेपाललाई हराएको थियो भने  भारतले आज पहिलो खेल खेल्न लागेको छ । नेपाल र भारतबीचको खेल पर्सि सोमवार हुनेछ । 


प्रतिक्रिया