एसिया कप खेल्न गएको नेपाली क्रिकेट टोली पाकिस्तान पुगेको छ।

काठमाडौं । एसिया कप खेल्न गएको नेपाली क्रिकेट टोली पाकिस्तान पुगेको छ। बुधबार बिहान नेपाली टोली पाकिस्तानको कराँची पुगेको हो । खेलाडिलाइ पाकिस्तानमा माला लगाएर जुस पिलाएर स्वागत गरिएको थियो ।

पाकिस्तान पुगेको टोलीमा स्पिनर सन्दीप लामिछाने भने छैनन् । एसिया कप आउँदो १३ गतेबाट सुरु हुने भए पनि पाकिस्तानमा केही अभ्यास म्याच खेल्न नेपाली टीम चाँडै गएका हुन् । एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तान आपनेसामने हुदैछन ।

प्रतिक्रिया