काठमाडाैं,असोज २१
नेपाल प्रिमियर लिग(एनपीएल)
खेल्न नेपाली खेलाडी चयनका लागि अक्सन भएको छ ।
सहभागी आठ टोलीका लागि १० खेलाडीको दरले अक्सनबाट ८० खेलाडीको टुङ्गो
लागेको छ । १२ खेलाडी अक्सनको अधिकतम मूल्य १५ लाख रुपैयाँमा बिक्री भएका छन् ।
सर्वाधिक मूल्य पाउने र सबै टोलीको
रोजाइमा अनिल शाह रहे । अनिललाई लक्की ड्रमार्फत जनकपुर बोल्ट्सले पाएको छ ।
त्यसपछि धेरै टोलीको रोजाइमा परेर अधिकतम मूल्य पाउने खेलाडीमा गुलशन झा र लोकेश
बम रहका छन् । गुलशन र लोकेशमाथि समान ७ टोलीले अक्सनमा बोली लगाए ।
लक्की ड्र मार्फत गुलशन कर्णाली
याक्समा १५ लाख रुपैयाँ अनुबन्ध भए । लोकेश भने लक्की ड्र मार्फत विराटनगर
किङ्ग्समा पुगे । ललित राजवंशी १५ लाखमा जनकपुर वोल्ट्समा अनुबन्ध भएका छन् ।
प्रतिश जिसीलाई विराटनगर किङ्ग्सले अनुबन्ध गराउन सफल भएको छ ।
सर्वाधिक मुल्य पाउने अर्को
खेलाडीमा विवेक यादव रहेका छन् । उनलाई लुम्बिनीले अधिकतम मूल्यमा टोलीमा समावेश
गराउन सफल भयो । सूर्य तामाङ र सन्दीप जोरालाई पनि लुम्बिनीले भित्र्याएको छ ।
साहब आलमलाई काठमाण्डौ गुर्खाजले
अनुबन्ध गरेको छ । सागर ढकाल पोखरा एभेन्जर्समा पुगेका छन् । आरिफ शेख
सुदूरपश्चिममा र भीम सार्की काठमाण्डौ गुर्खाजमा अधिकतम मुल्य १५ लाख
रुपैयाँमा अनुबन्ध भएका छन् ।