काठमाडौं, असार २४
एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता
खेल्न नेपाली राष्ट्रिय महिला टिम श्रीलंका पुगिसकेको छ ।
साउन ४
देखि १३ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई नेपाल क्रिकेट संघ
(क्यान)ले बिदाइ गरिसकेको छ । गत फेब्रुअरीमा मलेसियामा
सम्पन्न एसीसी महिला प्रिमियर कपबाट नेपाल प्रतियोगितामा
आठ टोलीको सहभागी छन् । दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल
समूह ‘ए’ मा छ । नेपालको
समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई रहेको छ। समूह ‘बी’ मा
श्रीलंका, बंगलादेश, मलेसिया र
थाइल्यान्ड छन् ।
२४ असार २०८१, सोमबार ०७:२२ मा प्रकाशित