आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी

Jhalkonepal

काठमाडाैं, वैशाख २२

लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी शुरु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालयमा हुने गोष्ठीमा विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न बौद्ध शिक्षाको सान्दर्भिकता विषयमा विभिन्न देशका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नु हुने र त्यसमाथि छलफल गर्ने कार्यक्रम रहेको बौद्ध अध्ययन सङ्कायका डीन डा.माणिकरत्न शाक्यले जानकारी दिनुभयो ।

विश्वभरका मानिसहरु वातावरणीय सङ्कट, ग्लोबल वार्मिङ, पारिस्थितिक असन्तुलन र शारीरिक तथा मनोवैज्ञानिक समस्याबाट गुज्रिरहेको अवस्थामा बुद्धको जन्मस्थलबाट बुद्ध शिक्षाको सान्दर्भिकता खोज्नु पर्ने आवश्यकता देखिएकाले गोष्ठीको आयोजना गरिएको डीन शाक्यले बताउनुभयो ।

गोष्ठीमा बौद्ध शिक्षाको महत्व, लुम्बिनीसहितका बौद्ध स्थलहरुको संरक्षण र विकास तथा बौद्ध विश्वविद्यालयका शैक्षिक कार्यक्रम सम्बन्धमा छलफल र बहस हुनेछ । गोष्ठीमा बौद्ध दर्शन र योगका विषयमा समूहगत छलफल समेत गरिने जनाइएको छ ।

 

प्रतिक्रिया