काठमाडाैं,जेठ ७
सुर्खेतको वीरेन्द्रनगरमा मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् ।
वीरेन्द्रनगर–७ कटकुवामा कर्णाली प्रदेश ०२–००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटना हुँदा ठाकुरबाबा नगरपालिका–६ बर्दियाका ७० वर्षीय शेरबहादुर खड्का र दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ का भीमसेन राना रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयाे ।
दैलेखबाट सुर्खेत आउँदै गरेको बसमा सवार २१ जना घाइते भएका छन् । घाइतेहरूको कर्णाली प्रदेश अस्पताल र कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ ।
६ जेठ २०८१, सोमबार ०५:३९ मा प्रकाशित