चिसोको कारण इटहरीका विद्यालय वन्द

Jhalkonepal

इटहरी , माघ १०

अत्याधिक चिसोका कारण सुनसरीको इटहरी उपमहानगरपालिकाअन्तर्गत सामुदायिक, धार्मिक तथा निजी विद्यालयहरु दुई दिन बन्द गरिने भएको छ ।

पठनपाठन गराउन समस्या पर्ने भएपछि विद्यालय बन्द गर्नु परेको उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ।

केही दिनयता चिसो र शीतलहर बढेपछि आज र भोलिका लागि विद्यालय बन्द गर्ने निर्णय भएको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख रमेश शाहले बताए ।

 

प्रतिक्रिया