हेटौंडा, साउन ८
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर
सिंह लामाको शपथ ग्रहण बुधबार हुने भएको छ ।
बुधबार बिहान ११ बजे लामाको शपथ ग्रहण प्रदेश
प्रमुख कार्यालय हेटौंडामा हुने तय भएको हो ।
मंगलबार
साँझ ५ बजे प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ को २ अनुसार
मुख्यमन्त्रीमा नियुक्त गरेका लामालाई एमाले २७ र कांग्रेसका ३७ गरी ६४ सांसदहरूको
समर्थन रहेको छ ।
लामासहित
१३ मन्त्रीको शपथ ग्रहण पनि बुधबार नै हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
७ साउन २०८१, मङ्गलबार ०६:५२ मा प्रकाशित