आईसीसी विश्वकप क्रिकेट लिग–२ :त्रिदेशीय एकदिवसीय उद्घाटन खेलमा आज अमेरिका र स्कटल्यान्ड खेल्दै

Jhalkonepal

काठमाण्डाै, कार्तिक ९ 
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिदेशीय एकदिवसीय शृङ्खला आजदेखि शुरू हुँदैछ । उद्घाटन खेलमा आज राति सवा ९ बजे डालासमा घरेलु टोली अमेरिका र स्कटल्यान्ड खेल्दैछन् ।
नेपालले पर्सि आइतवार अमेरिकासँग खेल्दै लिग–२ शृङ्खलाको शुरुआत गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा आउँदो मङ्गलवार स्कटल्यान्डसँग, तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा यो शृङ्खलाको अन्तिम खेलमा स्कटल्यान्डसँग कात्तिक १९ गते खेल्नेछ ।
 

प्रतिक्रिया