विराटनगर, चैत १९
नेपाल शिक्षक संघ प्रदेश कार्य समिति कोशीले कार्य सम्पादनका आधारमा सर्वोत्कृष्ट र उत्कृष्ट हुने जिल्लालाई सम्मान गरेको छ । आज विराटनगरमा सम्पन्न भएको प्रदेशको छैठौं प्रतिनिसभा कार्यक्रममा सम्मान गरिएको हो ।
कार्य सम्पादनका आधारमा सर्वोत्कृष्ट हुने जिल्ला सोलुखुम्बुलाई आज मंगलबार भएको छैठौं प्रदेश प्रतिनिधि सभाको अवसरमा सोलुखुम्बु जिल्ला शिक्षक संघका अध्यक्ष मदन राईलाई दोसल्ला ओढाएर र प्रमाणपत्रले सम्मान गरिएको हो ।
उक्त सभाका प्रमुख पूर्व मुख्य मन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेशका प्रदेश सभापति माननीय उद्धव थापा लगायत कोशी प्रदेश नेपाल शिक्षक संघका अध्यक्ष तेज प्रसाद चौलागाई लगायत अन्य अतिथिहरुले सोलुखुम्बु जिल्ला अध्यक्षलाई सम्मान गर्नु भएको हो ।
आज भएको उक्त कार्यक्रममा कोशी प्रदेशका सम्पूर्ण जिल्लाहरूको प्रतिनिधित्व गर्दै सोलुखुम्बु जिल्लाका अध्यक्ष राईले शुभकामना मन्तब्य दिनुभयो । शिक्षकको माग र मुद्धालाई सहमति भए अनुरूप सरकारले सम्बोधन गर्नु पर्ने धारणा अध्यक्ष राईले राखेका थिए । सोलुखुम्बु जिल्लाको कार्य सम्पादनलाई मूल्यांकन गरी सम्मान गर्नु भयकोमा कोशी प्रदेश कार्य समितिलाई धन्यवाद दिनुभयो ।
शिक्षकहरु भोलि चैत २० गते देखि शिक्षकहरू काठमाण्डौ केन्द्रित आन्दोलनमा होमिदै छन् । शिक्षा एन जारी नभए सम्म आन्दोलन जारी हुने जानकारी उक्त कार्यक्रममा बोल्दै कोशी प्रदेश अध्यक्ष तेज प्रसाद चौलागाईले बताउनुभयो ।