झुम्का कारागारका एक कैद बन्दीकाे मृत्यु

Jhalkonepal


सुनसरी , चैत १८

सुनसरीको झुम्का कारागारमा कैद भुक्तान गरी रहेका ४२ वर्षीय न्यायाधीश राईको गए राती मृत्यु भएको छ।

पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका खोटाङका साकला गाउँपालिका घर भई हाल इटहरी उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका राईको कारागारभित्रै बेहोस भएपछि जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको झुम्का कारागारका प्रमुख धुव्रराज कोइरालाले बताउनु भयो ।

घट्नाका बारेमा पोष्टमार्टमले शवको मेडिकल जाँच गर्ने भएकाले मृत्यु कसरी भयो भन्ने बारेमा रिपोर्ट आएपछि मात्रै विस्तृत थाहा हुने उहाँले बताउनु भयो ।  

कारागारभित्रै कुटेर हत्या गरेको राईका आफन्तले आरोप लगाएका छन्। 

प्रतिक्रिया