काठमाडौँ, असार २३
उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ ।
जारी कोपा अमेरिकाको क्वाटरफाइनलमा उरुग्वेले ब्राजिललाई पेनाल्टी सुट आउटमा ४-२
गोलले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुवै देशले कुनै गोल गर्न नसकेपछि
खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । यस खेलको ७४औ मिनेटमा उरुग्वेका
नाहितान नानडेजले रातो कार्ड पाएपछि उरुग्वे १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि
उरुग्वेले सेमिफाइनलमा कोलम्बियाको सामना गर्ने भएको छ । त्यस्तै हारसँगै
ब्राजिलको कोपा अमेरिकाको यात्रा सकिएको छ ।
२३ असार २०८१, आईतबार ०९:२९ मा प्रकाशित