पूर्वफुटबलर तथा प्रशिक्षक हरि ओम श्रेष्ठको निधन

Jhalkonepal

काठमाडौं , फागुन १०

केहीदिन अघि धरानमा भएको बुढासुब्बा गोल्डकपको फाइनलपछि हृदयघात भएको पूर्वफुटबलर तथा प्रशिक्षक हरि ओम श्रेष्ठको निधन भएको छ। ५६ वर्षका श्रेष्ठको आइतबार बिहान हृदयघातका कारण मृत्यु भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

सुरुवाती उपचार धरानमा गरेर उनलाई काठमाडौँ ल्याइएको थियो। काठमाडौँको गंगालाल हृदय रोग केन्द्रमा उपचारपछि उनलाई शुक्रबार डिस्चार्ज गरिएको थियो। 

तर शनिबार बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पताल पुर्‍याइएको थियो। त्यहाँ उपचारको क्रममा नै उहाको निधन भएको एन्फाले बताएको छ।  

प्रतिक्रिया