युरो कप २०२४ : साबिक विजेता इटाली अन्तिम १६ बाटै बाहिरियाे

Jhalkonepal

काठमाडौँ, असार १६

 साबिक विजेता इटाली युरो कप २०२४ को अन्तिम १६ बाट नै बाहिरिएको छ । शनिबार भएको खेलमा इटाली  स्विट्जरल्यान्ड सँग २–० ले स्तब्ध बनेको हो ।

खेलमा ३७ औँ मिनेटमा रेमो फ्रेउलरले गोल गर्दै स्वीस टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा नै रुबेन भारगासले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलमा स्वीस टोलीले पूर्ण नियन्त्रण बनाएको थियो । इटालीले विपक्षीको पोस्टमा पहिलो प्रहर गर्न ७३ औँ मिनेटसम्म पर्खनुपरेको थियो ।

त्यसपछि भने कुनै गोल हुन सकेन । योसँगै इटाली प्रतियोगिताबाट बाहिरिन बाध्य बन्यो भने स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अब टोलीले इंग्ल्यान्ड र स्लोभाकियाबिचको विजेतासँग भिड्नेछ ।

प्रतिक्रिया