सर्लाहीमा गोली हानेर श्रीमतीको हत्या

Jhalkonepal

काठमाडाैं , असाेज १० 

सर्लाहीमा गएराति श्रीमानले हानेको गोली लागेर श्रीमतीको मृत्यु भएको छ । बुबा घाइते भएका छन् ।

हरिपुर्वा नगरपालिका–५ घर भएका ३० वर्षीय धीरेन्द्र रायले हानेको गोली लागेर श्रीमती २५ वर्षीया चित्रलेखा रायको घटनास्थलमा नै ज्यान गएको हो । गोली लागेर बुवा ५३ वर्षीय दिनेश राय घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । धीरेन्द्र केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । उनी फरार रहेका र खोजी भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया