काठमाडौँ, असार १८
पोर्चुगल र फ्रान्स युरोकप-२०२४ को
क्वाटरफाइनलमा पुगेका छन् । आज बिहान सम्पन्न खेलमा स्लोभेनियालाई हराउँदै
पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
फ्रान्कफर्टमा भएको खेलमा
निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि गोल नहुँदा खेल पेनाल्टीमा गएको थियो ।
पोर्चुगलका
गोलरक्षक डिओगो कोस्टाले तीन पेनाल्टी विफल पार्दा स्लोभेनिया ३–० ले पराजित भएको
हो ।
पोर्चुगलले अब
क्वाटरफाइनलमा फ्रान्ससँग खेल्नेछ ।
यसअघि भएको अर्को
खेलमा फ्रान्सले बेल्जियमलाई १–० ले हराएर क्वाटरफाइनलमा पुगेको हो । डसेलडोर्फमा
भएको खेलमा बेल्जियमले गरेको आत्मघाती गोलको मद्तमा फ्रान्सले जितेको हो ।
यसअघि जर्मनी, स्पेन, स्विटजरल्यान्ड र
इङ्ल्यान्ड क्वाटरफाइनलमा पुगिसकेका छन् । युरोकप फुटबलमा आज रोमानियाले नेदरल्यान्ड्स
तथा अष्ट्रियाले टर्कीसँग खेल्नेछ ।