ठूलो परिमाणमा गाँजा सहित ३ वटा भारतीय गाडी र १४ जना सुनसरी प्रहरीकाे नियन्त्रणमा

Jhalkonepal

सुनसरी माघ २८

सुनसरी प्रहरीले ठूलो परिमाणमा गाँजा सहित ३ वटा भारतीय गाडी र १४ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले धरान उपमहानगरपालिका १३ जिरो पोइन्टमा धनकुटाबाट धरान तर्फ आउँदै गरेको सवारी साधनहरूलाई चेकजाँच गर्ने क्रममा  ३ वटा भारतीय गाडी सहित गाँजा बरामद गरेको सुनसरी प्रहरी प्रवक्ता नवीन कृष्ण भण्डारीले बताउनु भयो । प्रहरीले BR10P9154 नम्बरको सेतो बोलेराेमा  ५०केजी  गाँजा,  MP17TA0512 नम्बरको सेतो बोलेरोमा ९९ केजी लागु औषध गाँजा गरी जम्मा १ सय  ४९ के.जी लागु औषध गाँजा  र सोही कार्यमा संलग्न BR10AJ4486 नम्बरको रातो  कार  सहित जम्मा १४ जना लाई नियन्त्रणमा लिई  कानूनी कारबाही तथा थप अनुसन्धान कार्य अघि बढाएकाे  जनाएको छ  ।यस अघि  हिजाे मात्र सुनसरी प्रहरीले ६१ के.जी गाँजा सहित २ टेम्पु र  चालकलाइ नियन्त्रणमा  लिएकाे जनाएकाे छ । 

प्रतिक्रिया