विश्वकप जितेको भारत विश्वकपमा छनौट हुन नसकेको जिम्बावेसंग पराजित

Jhalkonepal

काठमाण्डौं, असार २३

भर्खरै टि२० विश्वकप जितेको भारत, विश्वकप प्रतियोगितामा छनौट पनि हुन नसकेको जिम्बावे संग पराजित भएको छ । भारत र जिम्बावे विच शुरुभएको ५ खेलको श्रृंखलाको पहिलो खेलमा भारत १३ रनले पराजित भएको छ । 

टुस जितेर पहिले बलिंग गरेको भारतले जिम्बावेलाई निर्धारित २० ओभरमा ११५ रनमा रोकेको थियो । यस क्रममा जिम्बावेले ९ विकेट गुमाएको थियो । जिम्बावेको लागि क्लिभ मनान्डेले नटआउट २९ रन बनाए । यस्तै, विश्ली मढेभेरेले २१, ब्राइन बेन्नेटले २२ र डियोन मिर्यसले २३ रनको योगदान गरे भने कप्तान सिकन्दर रजाले १७ रन जोडे । भारतका तर्फबाट रवि विस्नोइले ४ ओभरमा १३ रन खर्चेर ४ विकेट लिए । यस्तै विसिंग्ठन सुन्दरले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । मुकेस कुमार र आभेष खानले १,१ विकेट लिए । 

११६ रनको विजय लक्ष्य पछ्याउन मैदानमा उत्रिएको भारतले १ बल बाकी छदा, सबै विकेट गुमाएर १०२ रन मात्र बनायो । भारतका लागि कप्तान शुभमन गिलले सबैभन्दा वढि ३१ रन बनाए । बासिंग्ठन सुन्दरले २७ र आभेष खानले १६ रन बनाउनु बाहेक अन्य ब्याटरले रन बनाउन नसके पछि सामान्य लक्ष्य पुरा गर्न नसकि भारत पराजित भयो । 

जिम्बावेको लागि कप्तान सिक्दर राजा र टेन्डी चताराले ३,३ विकेट लिए भने ब्राइन ब्रेन्नेट, विलिंग्टन मस्कदजा, ब्लेसिंग मुजारबनी र लुके जोंग्वले १,१ विकेट लिए । 

दुबै देश विच दोस्रो खेल आज साँझ ४ः४५ मा खेलिनेछ ।   


प्रतिक्रिया