प्रहरी हौ भन्दै लुटपाट गर्ने दुइ जना पक्राउ

Jhalkonepal

विराटनगर , असोज २५ 

विराटनगरमा प्रहरी हौ भन्दै  लुटपाट गर्ने दुइ जना पक्राउ परेका छन । असोज २२ गते विराटनगर १२ का रवि कुमार साह सुडीलाई विराटनगर ११ मा नियन्त्रण लिई  हामी प्रहरी हौ भन्दै लुटपाट गर्नेलाई प्रहरीले पक्राउ गरेको हाे ।  जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न २ जनालाई  पक्राउ गरेको जनाएकाे छ । पक्राउ पर्नेहरूमा विराटनगर १ का ३८ वर्षीय दीपक तामाङ र विराटनगर ४ का सुनिल थापा रहेका छन् ।

पक्राउ परेका यी दुवै जनाले सुडीलाई घर नजिकैबाट पिछा गरेको र विराटनगर को रोडसेष चोकमा पुगेपछि मोटरसाइकल रोक्न लगाई हामी प्रहरी हौ भनी विराटनगर को हनुमान मन्दिर छेउमा लगी लुटपाट गरेकाे प्रहरीले  जनाएकाे हाे । पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले नगद ८ लाख ६५ हजार, रोयल ईन्फिल्ड मोटरसाइकल, चेक बुक, एटिएम बुक समेत बराद गरेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया