इलाममा बिहान ११ बजेपछि मतगणना शुरु

Jhalkonepal

इलाम, वैशाख १६

उपचुनाव अन्तर्गत् इलाम—२ को मतगणना  ११ बजेबाट हुने भएको छ।

राजनीतिक दलका उम्मेद्वार र प्रतिनिधिहरू, स्वतन्त्र उम्मेद्वार र प्रतिनिधिहरूसहितको सर्वपक्षीय बैठकले बिहान ११ बजेबाट मतगणना गर्ने निर्णय गरेको हो।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङ निर्वाचित इलाम–२ मा उनको निधन भएपछि उपनिर्वाचन भएको हो। शनिबार भएको मतदानमा ६० प्रतिशत मत खसेको थियो।

यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता छन्। तीमध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन्। 

प्रतिक्रिया