काठमाण्डाै, पुस १९
इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा एपीएफले बाग्लुङकाे गलकाेट
भलिबल क्लबलाई हराएकाे छ ।
बुटवलको रामनगर खेलमैदानमा आज भएको
खेलमा एपीएफ क्लबले गल्कोट भलिबल क्लबलाई ३–२ को सेटमा हरायो । एपीएफले पहिलो सेट
२५–१५, दोस्रो सेट २५–२२ र पाँचौं सेट ले
जित्यो । यस्तै गलकोटले तेस्रो सेट २५–२२ र चौथो सेट ३३– ३१ ले जित्यो ।
हिजो खेल चल्दै गर्दा रोकिएको
एपीएफ र गलकोटको खेल आज फेरि भएको हो ।
१८ पुस २०८१, शुक्रबार ०६:१८ मा प्रकाशित